गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याक्सोम टाशीडिङ निर्वाचन क्षेत्रको रिम्बी बगरमा विगत लामो समयदेखि सम्पन्न हुँदै आइरहेको रिम्बी माघे मेला २०२३ को आज सिक्किम सरकारका कृषि बागवानी पशुपालन तथा श्रम विभागका मन्त्री लोकनाथ शर्माको बाहुलीवाट उद्घाटन गरिएको छ। यस समारोहमा धर्म विभागका सल्लाहकार आरएस भोटिया,जल श्रोतका अध्यक्ष पेमा शेर्पा,यातायात विभागका अध्यक्ष बसन्त तामाङ, जिल्लापाल यशे डी योङडा विभिन्न विभागका वरिष्ठ अधिकारी एवं स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो चरणमा यस माघे मेला अन्तर्गत समावेश गरिएको खुल्ला दौड प्रतियोगिताको शुभारम्भ मुख्य अतिथिको बाहुलीवाट गरिएको थियो। त्यस पश्चात् मेलाको उद्घाटन गर्दै मुख्य अतिथि मन्त्री शर्माले मेला परिसरमा विभिन्न विभागवाट लगाएको इष्टलहरूको परिभ्रमण गरेका थिए। विभिन्न जातीय खानपानको पनि स्वाद लिएका थिए। त्यस पश्चात् रिम्बी बगरमा सम्पन्न भएको मेलाको स्वगत सम्बोधन गर्दै गेजिङ जिल्ला पञ्चायत अध्यक्ष डीएस लिम्बूले यो रिम्बी मेला धेरै वर्षदेखि निरन्तर रूपमा लागि रहेको छ भने यस वर्ष गेजिङ जिल्ला प्रशासनको निर्देशन र रेखदेखमा आयोजना गरिएको जानकारी दिदै यस मेलावाट सकारात्मक पक्ष र ज्ञानहरू लिएर जानुपर्ने सुझाव राखे। पुरानो सांस्कृतिक परम्पराको संरक्षक र सम्बर्द्धन गर्नु जिम्मेवारी र दायित्व बडेर गएको बताए। मेलाको उदेश्य मद मदिरा खाएर झगडा गर्नु होइन रीति थीति र संस्कृतिलाई बचाइ राख्नु कर्तव्य बन्ने थप जानकारी दिए। रिम्बी माघे मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले यो मेला कृषिसँग सम्बन्धित मेला हो जो गाउँले कृषकहरूको लगनशीलता र परिश्रमद्वारा तयार भएको तरूल भेगुर लगायत अन्य उत्पादनको प्रदर्शनी बिक्री समावेश गरिएको बताए। यस मेलालाई केवल मनोरञ्जनको रूपमा मात्र नलिएर उद्योग र आय श्रोतमा परिमार्जित गरिदिने उपस्थित सबैलाई अनुरोध गरे। समय प्रतिपर्धाको छ जो खेती र कृषिसम्म सम्बन्धित छ आजको युगमा सर्वोत्कृष्ठ पेशा विश्वले मानेको पनि उनले जानकारी दिए। वर्तमान सरकारले छोटो समय अवधिमा गरेको विकास र उपलब्धिवारे जानकारी दिँदै कृषकहरूको आर्थिक स्थितिमा शीघ्र सुधार ल्याउन विभिन्न उत्पादनहरूमा प्रोत्साहन राशिहरू दिइरहेको छ भने त्यसको प्रत्यक्ष लाभ आज कृषकहरूलाई पुगी रहेको पनि जानकारी गराए। यस उद्घाटन कार्यक्रममा यातायात विभागका अध्यक्ष बसन्त तामाङ, जिल्लापाल यशे डी योङडा लगायत अन्यले पनि सम्बोधन गरेका थिए।










