राज्यपालले गरे एसपीयूद्वारा प्रदान गरिएको शिक्षाको क्षेत्रको प्रशंसा
गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम प्रोफेसनल यूनिभर्सिटीको ७औं दीक्षान्त समारोहमा सहभागिता जनाए। मुख्य अतिथिकोरूपमा उपस्थित राज्यपालले आफ्नो सम्बोधनको क्रममा यस विश्वविद्यालयले हालसम्म हासिल गरेको उपलब्धिलाई लिएर बधाई दिँदै द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा व्यावसायिक पाठ्यक्रमहरूको महत्त्वमा जोड दिए।उनले विद्यार्थीहरूको कडा परिश्रमको प्रशंसा गर्दै उनीहरूलाई उनीहरूको अद्वितीय गुणस्तरको साथ आफ्नो क्यारियर छनौट गर्न प्रोत्साहित गरे। राज्यपालले व्यावसायिक पाठ्यक्रमहरूले राम्रो रोजगारी मात्र होइन, व्यक्तिगत विकासमा पनि योगदान पुर्याउने कुरामा प्रकाश पारे। उनले स्नातक विद्यार्थीहरूलाई सफल करियर मात्र नभई परिवार, समाज र मानवताको हितका लागि मूल्य मान्यतालाई जोगाउनु पर्ने सुझाउ साथै आग्रह गरे। यस विश्वविद्यालयद्वारा प्रदान गरिएको गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै राज्यपालले विश्वविद्यालयका अधिकारीहरूलाई प्रतिभाको पालनपोषण र उनीहरूको क्षमताको आधारमा विद्यार्थीहरूलाई बढावा दिनको लागि शुभकामना व्यक्त गरे। उनले विद्यार्थीको शिक्षालाई आकार दिन शिक्षक, अभिभावक र संघसंस्थाको योगदानको कदर गर्दै शिक्षासँगै मूल्यमान्यताको पनि जोड दिनुपर्ने सुझाउ दिए। राज्यपालले सिक्किमको शिक्षा स्तरको पनि प्रशंसा गर्दै देशको पहिलो जैविक राज्यको रूपमा सिक्किमको अद्वितीय स्थितिको प्रशंसा गरे।









