एसडीएफले राज्यका राई समुदायलाई विभाजित गरेर आफ्नो राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको छ: भोजराज राई

IMG-20230410-WA0169-11-300x172-8

गान्तोक: अखिल किराँत राई संघको पहलमा आगामी २६ दिसम्बरको दिन नाम्चीस्थित किसान बजार राज्यस्तरीयरूपमा साकेवा पर्व पालन गरिने भएको छ। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने आयोजक समितिका अध्यक्ष भोजराज राईले जानकारी गराएका हुन्।

आज लुम्सेस्थित राई माङखिम अर्थात मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भोजराई राईले यस वर्षको साकेवा पर्व अन्य वर्षको तुलनामा भिन्ने रहने बताए। सोही दिन मुख्यमन्त्री तामाङले नाम्चीमा माङखिमको शिलान्यास गर्ने उनले अवगत गराए। उनले थप जानकारी गराए अनुसार, सोही दिन पश्चिम जिल्लाको लेग्शेपमा पनि साकेवा पर्व पालन गरिने भएको, तर उक्त पर्व भने एसडीएफ पार्टीद्वारा ओतप्रोत रहेको दावी गरे।

एसडीएफ पार्टीले राज्यका राई समुदायलाई विभाजन गरेर राजनीति गरेको र राई समुदायलाई राजनैतिक हतियारकोरूपमा प्रयोग गरिरहेको उनले आरोप लगाए। नाम्चीमा पालन गरिने राज्यस्तरीय साकेव पर्व आधिकारिकरूपमा अखिल किराँत राई संघले आयोजना गरिरहेको हो भने सो कार्यक्रममा मुख्यमन्त्रीको उपस्थिति रहने उनले बताए। तर लेग्शेपमा आयोजना गरिने साकेवा पर्व भने नितान्त एसडीएफ पार्टीद्वारा प्रायोजित रहेको र सो पर्वले राज्यका राई समुदायलाई दुई भागमा विभाजन गरेको स्पष्ट रहेको उनले बताए। हालसम्म लेग्शेप साकेवा पर्व आयोजक समितिले मूल संस्था एकेआरएसलाई सूचना नदिएको र कार्यक्रम गर्ने अनुमति पनि नमागेको उनले स्पष्ट गरे।

यसै क्रमम संस्थाका महासचिव आरके वालिङले लेग्शेप साकेवा पर्व आयोजक समितिलाई नाम्चीमा आयोजना हुने राज्यस्तरीय साकेवा पर्व आयोजक समितिले निम्तो दिएको, तर उनीहरूले भने कुनै प्रकारको सर सल्लाह पनि नगरेको दावी गरे। वर्तमान सरकारले राई समुदायको निम्ति विभिन्नस्थानमा धरोहर निर्माण गरिरहेको र राई जातिलाई आफ्नो जातिय पर्व खुल्लारूपमा मनाउनको निम्ति वातावरण सृजना गरेको उनले जानकारी गराए। उनको भनाइ अनुसार, सबै समुदायले आफ्नो जातिय पर्व जहाँ पनि मनाउन सक्छन्, तर कुनै राजनीतिक पार्टीको ओतप्रोतमा पालन गर्नाले संस्थामाथि नै प्रश्न चिन्ह उठन सक्ने सम्भावना हुन्छ।

About Author

Advertisement