संसारी माईको विधिपूर्वक मिरिकको हल्लने ढुङ्गा परिसरमा पूजा

16-52-39-san3.jpg

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक सौरेनी समष्टि, पानीघट्टा एवम् मिरिक ब्राञ्चले दार्जिलिङ गोर्खा पार्वत्य परिषदको स्थापना भएदेखि नै यहाँको हल्लने ढुङ्गा परिसरमा संसारी माईको विधिपूर्वक पूजा प्रत्येक वर्ष पालन गर्दै आइरहेको छ। यसैक्रममा यसपटक पनि हल्लने वरिपरिको तीनवटा समाज क्रमैले सृजना परिवार, नवीन परिवार र कञ्चन परिवारको संयुक्त आयोजनामा आज बिहान ९ बजेदेखि पुजा-पाठ गरियो।

पुजारी पीएस राणाको अगुवाइमा नौ कन्याहरुको साथमा रेली पनि निकालिइयो भने जातिय उन्मुक्तिको संग्रामलाई पार लगाउन एक जोडी परेवा उडाइयो।आजको पुजामा गोरामुमो मिरिक, सौरेनी-पानीघट्टा समष्टि लगायत मिरिक ब्राञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement