संघीय लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी अनिएला शेर्पालाई मुख्यमन्त्रीकाे बधाई

FB_IMG_1772808595881

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले संघीय लोकसेवा आयोगद्वारा आयोजित सन् २०२५ को सिभिल सेवा परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेकी अनिएला शेर्पालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। मुख्यमन्त्रीले अनिएला शेर्पाको यो उत्कृष्ट उपलब्धिले सिक्किमका जनतामा गर्व र खुशीको भावना उत्पन्न गरेको बताए। साथै यस सफलताले राज्यका युवायुवतीहरूको बढ्दो आकांक्षा र क्षमताको पनि प्रतिविम्ब प्रस्तुत गरेको उल्लेख गरे।
यस अवसरमा अनिएलाका अभिभावक नीमा वाङ्दी शेर्पा र रीना राईलाई पनि विशेष बधाई दिए। छोरीको सफलतामा उनीहरूको निरन्तर हौसला, सहयोग र मार्गदर्शनको महत्वपूर्ण भूमिका रहेको बताए।
मुख्यमन्त्रीले देशकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक परीक्षामध्ये एक मानिने यस परीक्षामा सफलता हासिल गर्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै अनिएला शेर्पाको सफलताले सिक्किमभरिका धेरै युवा आकांक्षीहरूलाई आफ्ना सपना पूरा गर्न दृढ संकल्पका साथ अघि बढ्न र राष्ट्रसेवामा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
यसैगरी मुख्यमन्त्रीले भविष्यमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा अनिएलाले समर्पण, इमानदारी र मानवीय संवेदनशीलताको उच्च मूल्य कायम राख्दै राष्ट्र निर्माण तथा जनसेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे।
अन्तमा मुख्यमन्त्रीले अनिएलाको आगामी सेवा जीवन उज्ज्वल, सफल र सन्तोषजनक रहोस् भन्ने कामनासहित राष्ट्रसेवाको यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरे।

About Author

Advertisement