विधायक सोनाम छेरिङ वेनचुङ्पालाई जन्मदिनको शुभकामना

FB_IMG_1772810391437

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक सोनाम छेरिङ वेनचुङ्पाको जन्मदिनको अवसरमा उनिप्रति हार्दिक शुभकामना व्यक्त गरे।
प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीले शुभकामना सन्देशमा विधायकको यो विशेष दिनले राम्रो स्वास्थ्य, सुख–समृद्धि र जनताको सेवामा समर्पित भावनासहित काम गर्न थप शक्ति प्रदान गरोस् भन्ने कामना गरे। साथै आगामी दिनहरूमा पनि विधायकले समाज सेवामा निरन्तर सफलता, प्रगति र नयाँ–नयाँ उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभेच्छा व्यक्त गरे।
अन्तमा मुख्यमन्त्रीले जनताको हित र विकासका लागि विधायकले देखाउनुभएको समर्पण र दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै उनको आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक रहोस् भन्ने कामना गरे।

About Author

Advertisement