मुम्बई: भारतीय टी२० टीमको कप्तानीमा चाँड़ै ठूलो बद्लाउ देखिने सम्भावना छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) सूत्रबाट थाहालागे अनुसार, सूर्यकुमार यादवलाई कप्तानीबाट हटाउने पूरा तयारी भइसकेको छ अनि ईंग्ल्याण्ड यात्राको निम्ति टीमको चयन अघि यस फसेलाको जानकारी बीसीसीआई-को एपेक्स काउन्सिललाई दिइनेछ। यसबीच नयाँँ कप्तानलाई लिएर प्रशिक्षक गौतम गम्भीर र अजीत अगरकरको अगुवाईमा रहने चयन समितिबीच सहमति बन्न सकेको छैन। गम्भीर अन्य कुनै खेलाड़ीलाई टी२० कप्तान बनाउन चाहन्छन् जबकि चयनकर्ताहरूको त्यसको निम्ति राजी छैनन्। सूर्यकुमारले खेलाड़ीको रूपमा गत १८ महिनादेखि आशानुरुप प्रदर्शन गर्न सकेका छैनन्। चयनकर्ताहरूले आईपीएल २०२६-सम्म प्रतीक्षा गरे तर उनको फर्ममा कुनै सुधार देखिएन। उनले आईपीएल २०२६-मा १३ वटा म्याच खेलेर केवल २७० रन बनाउन सके। यस्तो स्थितिमा उनलाई कप्तानी मात्र नभएर टीमबाट पनि बाहिर गरिने संकेत प्राप्त भएको छ। बीसीसीआई-का एकजना वरिष्ठ अधिकारीले भने, सूर्यकुमारलाई हटाइने तय छ। चयनकर्ताहरूले आईपीएलसम्म प्रतीक्षा गरे तर उनले त्यहाँ पनि रन बनाउन सकेनन्। यस्तो स्थितिमा कठिन फसेला लिनु जरूरी भएको छ। सूर्यकुमारलाई टीमबाट बाहिर गरिए आईपीएल विजेता कप्तान श्रेयस अय्यर र युवा ब्याटर तिलक वर्मा कप्तानीको रेसमा सबैभन्दा अघि देखिएका छन्। तिलकलाई हालै श्रीलंकामा हुने ट्राई सीरीजको निम्ति भारत ए टीमको कप्तान नियुक्त गरिएको थियो। चयन समितिका एक वर्गको भनाइअनुसार, तिलकको उमेर र लामो अवधिको सम्भावनाहरूलाई हेर्दा उनी भविष्यको निम्ति असल विकल्प साबित हुनसक्छन्। यसबीच कप्तानीको फसेला केवल व्यक्तिगत प्रदर्शनमाथि आधारित हुनेछैन। रिपोर्टहरू अनुसार, मुख्य प्रशिक्षक गौतम गम्भीरको मनमा श्रेयस अय्यरलाई लिएर केही संशय रहेको छ। यी दुईजनाले २०२४-मा आईपीएलमा एकसाथ काम गरेका थिए, जब गम्भीर कलकत्ता नाइट राइडर्सका मेण्टर र अय्यर टीमका कप्तान थिए। त्यस समय अय्यरले सार्वजनि रूपले उनलाई पर्याप्त सम्मान प्राप्त नभएको कुरा गरेका थिए। श्रेयस अय्यरको त्यस बयानले गम्भीरलाई आघात पुगेको कुरा कसैसँग लुकेको छैन। सूत्रबाट थाहालागे अनुसार, प्रशिक्षक गम्भीर कप्तानको भूमिकामा सञ्जु सेमसनलाई हेर्न चाहन्छन्। टी२० वर्ल्ड कपको नक्आउट चरणमा सेमसनले असाधारण प्रदर्शन गर्नको साथै नेतृत्व क्षमता पनि देखाएका थिए। उनले घरेलु टुर्नामेण्टहरूमा कप्तानी गरिसकेका छन्। यसबाहेक उनी लामो समयसम्म राजस्थान रोयल्सको कप्तान रहेका थिए। यसैकारण उनको नेतृत्व कौशलमा कसैले सन्देह छैन तर चयनकर्ताहरू चाहिँ यस मामिलामा सम्पूर्ण रूपले सहमत छैनन्। उनीहरूको भनाइअनुसार, सेमसन र ईशान किशनमा प्रतिभाको कुनै कमी छैन तर लामो समयसम्म निरन्तर प्रदर्शन गर्ने उनीहरूका क्षमतामाथि चाहिँ अहिले पनि प्रश्नचिन्ह रहेको छ। अहिले कप्तानीलाई लिएर चयन समिति र टीम म्यानेजमेण्टबीच विचार-विमर्श जारी रहेको छ। जहाँ चयनकर्ताहरू भविष्यलाई ध्यानमा राखेर तिलक वर्मा या अनुभवको आधारमा श्रेयस अय्यरको नाममा विचार गरिरहेका छन्, त्यहीँ प्रशिक्षक गम्भीरको नजर सेमसनमाथि रहेको छ। यसैकारण आउँदो दिनहरूमा भारतीय टी२० टीमको कप्तानीलाई लिएर ठूलो फसेला आउन सक्छ, जसले टीमको भविष्यको दिशा पनि तय गर्नेछ।









