श्री रामलालाला प्राण प्रतिष्ठा समारोह कमिटीको पहलमा बाघडुग्रामा रङ्गारङ्ग शोभायात्रा

IMG-20240121-WA0159.jpg

बाघडुग्रा: सोमबारको दिन अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिने भएको छ। यसलाई लिएर बाघडुग्रामा राम भक्तहरूमा उत्साहको माहौल देखापरेको छ। आज बाघडुग्राको श्री रामलालाला प्राण प्रतिष्ठा समारोह कमिटीको पहलमा एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। बाघडुग्राको स्टालिन मोडबाट आज एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर बाघडुग्रा कलेज हुँदै पुनः स्टालिन मोडमै पुगेर समापन गरियो। उक्त शोभायात्रामा धेरै संख्यामा मानिसहरूले अंश ग्रहण गरेका थिए। यस अवधि पुलिसले सुरक्षा व्यवस्था अप्नाएको थियो।

श्री रामलाला प्राण प्रतिष्ठा समारोह कमिटीका अध्यक्ष राकेश दुबेले भने, गत १६ जनवरीदेखि राम मन्दिर विविध कार्यक्रमहरू चलिरहेको छ। आज बाघडुग्राबाट एउटा शोभायात्रा पनि निकालिइयो। यस अवसरमा भोलि विभिन्न मन्दिरमा पुजा-अर्चना गर्नको साथै दीप प्रज्ज्वलन गरिनेछ।

About Author

Advertisement