श्रममन्त्री मलय घटकको उपस्थितिमा चिया बगानको न्यूनतम पारिश्रमिकबारे बैठक

IMG-20240109-WA0175.jpg

सिलगढी: चिया बगानमा न्यूनतम ज्यालाको मुद्दामा सिलगढीको दगापुरस्थित श्रमिक भवनमा न्यूनतम पारिश्रमिक समितिको एक महत्वपूर्ण बैठक आयोजना गरिएको थियो। मंगलबारको बैठकमा प्रदेशका श्रममन्त्री मलय घटकको उपस्थिति रहेको थियो। बैठकको अन्त्यमा मन्त्रीले न्यूनतम पारिश्रमिक समितिको यो १८औं बैठक हो भने। बैठकमा ट्रेड युनियन सञ्चालकहरुको उपस्थिति रहेको थियो र उनीहरुसँग चिया बगानका विभिन्न पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल भएको थियो। जनवरी ३०मा अर्को बैठक बस्दैछ, सो बैठकमा न्यूनतम पारिश्रमिकका विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

About Author

Advertisement