शूटिंगमा सफलता, महिला ट्र्याप टीम स्पर्धामा रजत पदक

IMG-20260929-WA0050

नयाँ दिल्ली: भारतले एशियाई खेलहरू २०२६-मा महिलाहरूकी ट्र्याप टीम स्पर्धामा रजत पदक जित्यो। नीरु ढाण्डा, आशिमा अहलावत र मनीषा कीरकी भारतीय टोलीले ३ दिनको १२५ शट् क्वालीफिकेशन राउण्डपछि जम्मा ३२८ अंक हासिल गऱ्यो। भारतले रजत पदकको होड़मा कुवैतलाई पछि छोड़्यो। चीनकी टोलीले ३४६ अंकको साथ स्वर्ण अनि कुवैतकी टोलीले ३२५ अंकको साथ काँस्य पदक जित्यो। स्पर्धाको आयोजन आइची प्रीफेक्चुरल जनरल शूटिंग ग्यालरीमा भयो। नीरु ढाण्डाले टीम पदकको साथमा व्यक्तिगत स्पर्धामा पनि भारतको निम्ति पदकको आशा जगाएकी छन्। उनले क्वालीफिकेशनमा १२५-मा ११८ अंक हासिल गरिन् अनि कतरकी बासिल रे-सँग संयुक्त रूपले शीर्ष स्थानमा रहिन्। भारतकी अन्य दुईजना शूटरले चाहिँ व्यक्तिगत फाइनलमा स्थान बनाउन सकिनन्। आशिमा अहलावतले १०६ अंकको साथ १६औं अनि मनीषा कीरले १०४ अंकको साथ २३औं स्थान हासिल गरिन्। पुरुषहरूका ट्र्याप टीम स्पर्धामा चाहिँ भारतलाई कुनै पदक हासिल भएन। महिला टोलीको विपरीत पुरुष टोलीको प्रदर्शन निराशाजनक रह्यो। भारत ३३९ अंकको साथ छैटौं स्थानमा रह्यो। कुवैतको टोलीले ३५५ अंकको साथ स्वर्ण पदक जित्यो। यसरी कतरको टोलीले ३४९ अंकको साथ रजत र कजाखस्तानको टोलीले ३४८ अंकको साथ काँस्य पदक हासिल गऱ्यो। शपथ भारद्वाजले पुरुषहरूका ट्र्याप स्पर्धाको फाइनलमा स्थान बनाएका छन्। युवा शूटरले ५ सीरीजपछि ११७ अंक हासिल गरे। महिला ट्र्याप टोलीको रजत पदकको साथमा एशियाई खेलहरू २०२६-मा शूटिंगमा भारतको पदक संख्या बढ़ेर १३ पुगेको छ। यसमा एउटा स्वर्ण पदक पनि सामेल छ, जुन १० मीटर एयर पिस्टल मिश्रित स्पर्धामा कमलजीत र सुरुची सिंहले जितेका थिए।

About Author

Advertisement