नयाँ दिल्ली: दुईजना भारतीय बक्सरले एशियाई खेलहरू २०२६-मा असाधारण प्रदर्शन गर्दै आ-आफ्नो वर्गको फाइनलमा स्थान बनाएका छन्। परवीन हुड्डा र अंकुश पंघालले स्वर्ण पदकको लड़ाइँमा स्थान बनाएका छन्। यसरी नरेन्दरले सेमिफाइनलमा हारपछि काँस्य पदक जिते। यसपाली पनि बक्सिंगमा भारतले धेरभन्दा धेर पदक जित्ने सम्भावना रहेको छ। परवीन हुड्डाले महिलाहरूकी ६५ किग्रा वर्गको सेमिफाइनलमा चीनकी ली शु-लाई ५-०-ले पराजित गरी कम्तीमा रजत पदक पक्का गरेकी छन्। गत एशियाई खेलहरूमा जितेको उनको काँस्य पदक अन्तर्राष्ट्रिय परीक्षण एजेन्सी (आईटीए)-द्वारा २२ महिनाको निलम्बनपछि खोसिएको थियो। परवीनमाथि यो कार्वाही आफ्नो ठेगानाको जानकारी (व्हेयर अबाउट्स)-सँग सम्बन्धी विफलताले गर्दा गरिएको थियो। यसपाली उनले हांगझोउको प्रदर्शनलाई पछि छोड़ेर फाइनलमा स्थान बनाएकी छन्। परवीन एशियाई खेलहरूका फाइनलमा स्थान बनाउने तेस्रो भारतीय महिला बक्सर बनेकी छन्। यसरी अंकुश पंघालले असाधारण प्रदर्शन गर्दै पुरुषहरूका ८० किग्रा वर्गको फाइनलमा स्थान बनाए। उनले सेमिफाइनलमा उज्बेकिस्तानका फज्लिउद्दीन एर्किनबोएवलाई ४-१-ले पराजित गरे। ७५ किग्रा वर्गमा वर्तमान विश्व च्याम्पियन एर्किनबोएवले शुरुवातमा दबाउ सृष्टि गरे पनि अंकुशले असाधारण पुनरागमन गर्दै लड़ाइँ जिते। यसरी अंकुश गत ८ सालमा एशियाई खेलहरूको फाइनलमा स्थान बनाउने पहिलो भारतीय पुरुष बक्सर बने। भारतका अन्य एकजना बक्सर नरेन्दरले चाहिँ पुरुषहरूका ९० किग्रा भन्दा अधिक ओजन वर्गको सेमिफाइनलमा हारको सामना गर्नु पऱ्यो। यसको साथै उनले काँस्य पदक हासिल गरे। नरेन्दरलाई सेमिफाइनलमा कजाखस्तानका ऐबेक ओरलबायले सर्वसम्मत फसेलाद्वारा ०-५-ले पराजित गरे।





