कोलकाता: पार्थ चटर्जी पक्रा पर्नु अनि अर्पिताको साथमा फोटो र भीडियोलाई लिएर शुभेन्दु अधिकारीले कटाक्ष गरेका छन्। त्यसलाई लिएर अबेर साझँ शुभेन्दुले भने, ‘ममता ब्यानर्जीलाई अब डर लागिरहेछ। ममता ब्यानर्जीको दाबी छ, महाराष्ट्रपछि झारखण्ड र छत्तीसगढ़को सरकार ढाल्ने प्रय़ास भइऱहेछ। यसपछि उनको पनि सरकार ढालिनेछ र उनले हेर्नेछिन्। सरकार ढालिनेछ भनी उनलाई किन यस्तो लागिरहेछ। वास्तविकता यही, यिनीहरूलाई जनताबीच जाने अधिकार छैनl’









