जलपाईगढ़ी: पश्चिम बंगालका क्याबिनेट मन्त्री पार्थ चटर्जी पक्रा परेदेखि बंगालमा भाजपाले प्रदर्शन गरिरहेछ। यसै क्रममा आज फूलबाड़ीमा भाजपा मण्डलको तर्फबाट ‘चोर धरो जेल भोरो’ नाराको साथ एउटा ऱ्याली निकालियो। यो ऱ्याली फूलबाड़ी मर्डर मोड़देखि लिएर फूलबाड़ी बजारसम्म निकालियो। ऱ्यालीको नेतृत्व डाबग्राम-फूलबाड़ीका विधायक शिखा चटर्जीले गरिन्।
यस अवसरमा विधायक शिक्षा चटर्जीले भनिन्, ‘बंगाल सरकार दुर्नीतिले भरेको छ। उसका मन्त्री- सहपाठी सबै भ्रष्ट छन्। आउने दिनहरूमा सबै चोरहरूलाई समाएर थुनामा पारिनेछ’।










