शुभमन गिलको शतकले सम्हालियो भारत

CollageMaker_202331118235092.jpg

११ मार्चः ओपनर शुभमन गिल (१२८)-को शतकीय ईनिंग्सको साथमा विराट कोहलीको अविजित अर्द्धशतकको सहायताले भारतले अष्ट्रेलिया विरुद्ध चौथो टेस्ट म्याचमा लड़ाइँ जारी राख्यो। भारतले शनिवार म्याचको तेस्रो दिन खेल समाप्त हुँदासम्म ३ विकेटको नोक्सानमा २८९ रन बटुल्यो। कोहली ५९ रन अनि रविन्द्र जडेजा १६ रनमा अविजित रहे। भारत अहिले पनि पहिलो ईनिंग्सको आधारमा अष्ट्रेलियाभन्दा १९१ रन पछि रहेको छ। आज तेस्रो दिनको खेलमा गिलको शतक मुख्य आकर्षण रह्यो। टेस्ट क्रिकेटमा आफ्नो दोस्रो शतक बनाउने गिलले २३५ बल खेलेर १२ वटा चौका र एउटा छक्का लगाए।

यसरी नै कोहलीले १२८ बल खेलेर पाँचवटा चौका लगाइसकेका छन्। आज पतन भएको तीनैवटा विकेट अष्ट्रेलियाका स्पिनरहरूले हासिल गरे। यसमा न्याथन लियोन, म्याथ्यू कूल्हमेन र टड मर्फीले १-१ सफलता हासिल गरे। आज भारतले कप्तान रोहित शर्मा (३५ रन)-लाई शुरुवातमै गुमायो। केवल ७४ रनको स्कोरमा कप्तान रोहितलाई गुमाएपछि गिलले चेतेश्वर पुजारा (४२ रन)-सँग दोस्रो विकेटको निम्ति ११३ रनको पार्टनरशीप गरे। असल लयमा देखिएका पुजारालाई मर्फीले आउट गरे। त्यसपछि गिलले कोहलीसँग मिलेर तेस्रो विकेटको निम्ति ५८ रन योग गरे। शतक पूरा गरेपछि गिल स्पिनर लायनको बलमा एलबीडब्ल्यू आउट भए।

About Author

Advertisement