गान्तोक नगर निगमको पहलमा सचेतना कार्यक्रम आयोजित

गान्तोक: आज राजधानीस्थित मनन केन्द्रमा गान्तोक नगर निगमको पहलमा मैला छुट्टाउने प्रक्रियालाई लिएर एक सचेतना कार्यक्रम सम्पन्न भयो। विकास क्षेत्र र डीपीएचका जन साधारणलाई लिएर आयोजित यस कार्यक्रमको अध्यक्षता पूर्व सचिव प्रताप प्रधानले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल हेमन्त राईले राजधानी वरिपरि फोहोर मैला प्रवन्धनबारे राम्रो व्यवस्था भए तापनि कतिपय मानिसहरूले सड़कको बीचमा मैला फ्याँक्ने गरेकोमा चिन्ता व्यक्त गरे। सम्बन्धित निकायले जति नै राम्रो पहल गरे तापनि मानिसहरूको मानसिकतामा परिवर्तन नआएसम्म फोहोर मैलाको उचित प्रबन्धन हुन नसक्ने उनले बताए। विशेषगरि आफ्नो गाउँ घरलाई आफैले सर सफा राख्नु सके मात्र गाउँ र शहर सुन्दर बन्ने उनले बताए ।सोही प्रकारले कार्यक्रमका अध्यक्ष प्रताप प्रधानले जीएमसीले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा खुशी प्रकट गरे। उनले यस प्रकारको कार्यक्रम सबै वार्डहरूमा आयोजन गरिनु पर्ने सुझाउ पनि राखे जन साधारणको सहयोग बिना विभागले सोचे अनुरूप काम गर्न नसक्ने भएकाले यसमा सबैले सहयोग पुयाउनु पर्ने उनले आग्रह गरे।

About Author

Advertisement