शितकालिन खेलकूद प्रशिक्षणको समापन

IMG-20240129-WA0259.jpg

पाकिम: पाकिम जिल्लाको खेलकूद एवम युवा मामिला विभागद्वारा गत ९ जनवरीदेखि आयोजित निःशुल्क शितकालिन खेलकूद प्रशिक्षण शिविरको हिजो समापन भयो। यस अवसरमा मान्यता प्राप्त कोचहरूले फुटबल, टेबल टेनिस र बेडमिन्टनमाथि प्रशिक्षण दिएका थिए। उक्त शिविरमा कूल १५३ जनाले सहभागिता जनाएका थिए, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने र विभिन्न खेलकुदमा आधारभूत सीपहरू प्रदान गर्ने उद्देश्यले यस प्रशिक्षण शिविर आयोजना गरिएको हो। शीतकालीन प्रशिक्षण शिविरले सम्भावित प्रतिभाहरू पहिचान गर्नको साथै केही सहभागीहरूले राज्य प्रशिक्षण केन्द्रहरूमा भर्ना भएका छन् भने अरूले नियमित प्रशिक्षण जारी राख्नेछन्। विभिन्न उपडिभिजन र जिल्लाका प्रशिक्षार्थीहरूले पनि नि:शुल्क प्रशिक्षणबाट लाभान्वित भएका छन्।

एक महिनाको निरन्तर तालिम पछि २८ जनवरी २०२४ मा शिविर सम्पन्न भयो। जिल्ला अधिकारीहरूले तालिमको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यका मोड्युलहरू सुधार गर्न विभिन्न स्थानहरूमा प्रशिक्षार्थीहरूबाट प्रतिक्रिया सङ्कलन गरे। विभागले प्रधानाध्यापक सेन्ट जेभियर्स स्कूल र पाक्योङ जिल्ला ब्याडमिन्टन संघलाई उनीहरूको बहुमूल्य पूर्वाधार सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ।

About Author

Advertisement