गान्तोक: विद्या भारती सिक्किमले शिरडीसा सुब्बालाई उनको उल्लेखनीय उपलब्धीको निम्ति हार्दिक बधाई एवं भविष्यका प्रयासहरूको निम्ति शुभकामना दिएको छ। शिरडीसा सुब्बाले सबैभन्दा कम उमेरमा सेक्सोफोनमा बलिवुड गीतको धुन बजाएर इण्डिया बुक अफ रेकड्समा नाम दर्ता गर्न सफल बनेकी छन्। उनी बिजनबारीको विद्या ज्योति अकादमीकी छात्र हुन्।
विद्या भारती सिक्किमले भनेको छ, दार्जीलिङ जिल्ला अन्तर्गत विद्या ज्योति अकादमी, बिजनबारीको निम्ति यो ठूलो उपलब्धी हो। रेकर्ड बनाउन सफल बनेकी विद्यार्थी शिरडीसा सुब्बालाई विद्या भारती सिक्किम परिवार हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ। यसमा अभिभावकका साथै स्थानीय विद्यालय समिति, ट्रस्ट, आचार्यहरूको पनि ठूलो योगदान छ।









