एक महिला साइबर अपराधको शिकार

cyber-fraud.webp

गान्तोक: राजधानीको डेभलपमेन्ट एरिया निवासी स्थानीय एक महिला साइबर अपराधको शिकार बनेकी छन्। अज्ञात व्यक्तिले उक्त महिलाको ब्याङ्क खाताबाट हजारौं रूपियॉं निकालेको घटना प्रकाशमा आएको छ।

पुलिस रिपोर्ट अनुसार, एउटा अज्ञात नम्बरबाट पीडित महिलाको फोनमा लिङ्क पठाइएको थियो र उक्त लिङ्क क्लिक गरेको खण्डमा ९९७५ रूपियॉं पुरस्कार प्राप्त गर्न सकिने प्रलोभन देखाइएको थियो। महिलाले उक्त लिङ्क क्लिक गरेपछि उनको ब्याङ्क खाताबाट २५,००० रूपियॉं निकालियो।

यस घटनाको सम्बन्धमा महिलाले सदर थानामा प्राथमिकी दर्ता गरेकी छन्। पुलिसले अज्ञात व्यक्ति विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

Advertisement