शिक्षक नियुक्तिको पुरानो मामिलामा हाईकोर्टले विभागमाथि लगायो मोटो जरिमाना

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः कलकत्ता हाईकोर्टले शिक्षक नियुक्तिको पुरानो मामिलामा शिक्षा विभागमाथि ५० हजार रूपियाँको जरिमाना लगाएको छ। न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठले मंगलवार यो आदेश सुनाएको छ।

२०१२ मा प्राइमरी शिक्षक नियुक्तिको निम्ति पूर्व मेदिनीपुर जिल्लामा आफ्ना परिचितहरूको नियुक्ति गरिएको थियो। यसलाई लिएर हाईकोर्टमा याचिका लगाइएको थियो। २०१६ मा कलकत्ता हाईकोर्टले मुख्य सचिवलाई नियुक्तिमा आफ्ना परिचितहरूलाई महत्व दिइएको छ कि छैन यसबारे जाँच रिपोर्ट सुम्पिने आदेश दिएको थियो। तर शिक्षक नियुक्ति बोर्डले यसको अनुपालन नै गरेन। यसलाई लिएर एक पल्ट फेरि अदालतको अवमाननाको मामिला बन्यो। जसलाई अवैध रूपमा नौकरी दिइयो, उनीहरूको नौकरी रद्द गर्ने माग पनि गरियो।

यही मामिलामा मंगलवार न्यायाधीशले भने, आगामी दश दिनभित्र हाईकोर्टको लीगल एड सर्विसमा यो धनराशि जमा गर्नपर्नेछ। यस बाहेक मुख्य सचिवले छह साताभित्र जाँच पूरा गरी न्यायालयमा रिपोर्ट जमा गराउनपर्नेछ। कोर्टले भन्यो, यदि मुख्य सचिवलाई फसेला लिने क्षमता छैन भने उनी पदमा रहनु जरूरी छैन। आगामी सुनवाई १२ सेप्टेम्बरमा हुनेछ।

-हिस

About Author

Advertisement