मुर्शिदाबाद सेन्ट्रल जेलमा कैदीको संदिग्ध परिस्थितिमा मृत्यु

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पश्चिम बंगालको मुर्शिदाबाद जिल्लान्तर्गत बहरामपुर जेलमा बन्द विचाराधीन कैदी जमाल शेख (३०) को संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। परिजनहरूको आरोप छ, शेख लामो समयदेखि बिरामी थियो तर जेल प्रबन्धऩले चिकित्सामा लापरवाही गऱ्यो, जसको फलस्वरूप उसको मृत्यु भयो।

पारिवारिक सूत्रहरू अनुसार, आइतवार बरहमपुर सेन्ट्रल जेलमा जमाल निक्कै नै अस्वस्थ भएको थियो। त्यहाँबाट उसलाई मुर्शिदाबाद मेडिकल कलेज अस्पतालमा भर्ती गराइयो तर परिवारलाई यसबारे कुनै जानकारी दिइएन। अरूहरूबाट खबर पाएपछि परिजनहरू अस्पताल पुगे तर परिवारलाई अस्पतालभित्र पस्न दिइएन। जमालकी पत्नी चम्पा खातूनलाई पनि पतिसित भेट गर्न दिइएन। मंगलवार बिहान अस्पतालको तर्फबाट जमालको मृत्युको खबर दिइयो।

जेल प्रबन्धनले या त उसलाई बर्बर तरीकाले कुट्यो या फेरि चिकित्सामा लापरवाहीको कारण उसको ज्यान गएको आरोप छ। जिल्ला प्रशासन यस मामिलामा मौन छ। सूत्रहरू अनुसार, दिउँसो १२.३० बजीपछि उसको मृत्यु भयो, जसपछि परिवारले हंगामा शुरू गरेको छ।

-हिस

About Author

Advertisement