शास्त्रीय संगीतकार उस्ताद राशिद खान क्यान्सरसँग हारे

IMG-20240109-WA0224.jpg

चर्चित भारतीय शास्त्रीय संगीतकार उस्ताद राशिद खानको निधन भएको छ। उनी विगत केही वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। दक्षिण कोलकाताको एक अस्पतालमा उनले आज अन्तिम सास लिए। मृत्युका बेला उहाँ ५५ वर्षको हुनुहुन्थ्यो।राशिद खानको अवस्था चिन्ताजनक भएको खबर पाएलगत्तै मुख्यमन्त्री ममता बनर्जी आज दिउँसो अस्पताल पुगेकी थिइन्। यस चर्चित कलाकारको निधनले संगीत जगतमा शोक छाएको छ।

About Author

Advertisement