शपर्स स्टपमार्फत भारतमा बीटीएसको नयाँ एल्बम ‘अरिरंग’ सार्वजनिक

IMG-20260603-WA0053

मुम्बई: भारतको प्रिमियम फेसन, ब्यूटी तथा गिफ्टिङ रिटेल चेन ले विश्वप्रसिद्ध के–पप समूह बिटीएसको बहुप्रतीक्षित पाँचौँ स्टुडियो एल्बम ‘अरिरंग’ भारतभर उपलब्ध गराएको घोषणा गरेको छ। यो एल्बमको आगमनलाई पप सङ्गीत क्षेत्रमा बीटीएसको महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ।
फ्यानहरूको अनुभवलाई अझ विशेष बनाउन शपर्स स्टपले आफ्ना चयनित स्टोरहरूमा बीटीएस–थिममा आधारित विशेष ‘इन–स्टोर एक्सपिरियन्स जोन’ तयार गरेको छ। ती स्थानमा आगन्तुकहरूले आकर्षक डिस्प्ले, फोटो खिच्ने अवसर तथा बीटीएसको सांगीतिक वातावरणको अनुभव लिन सक्नेछन्।
शपर्स स्टपका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत कविन्द्र मिश्राले ग्राहकलाई केन्द्रमा राखेर यस्ता पहल गरिएको बताउँदै युवा पुस्तासँग अझ नजिकिने र परम्परागत किनमेलभन्दा फरक अनुभवमूलक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।
कलेक्टिबल संस्करणका रूपमा सार्वजनिक गरिएको ‘अरिरंग’ एल्बममा सीडी, फोटो कार्ड सेट, फोटोबुक तथा अन्य विशेष सामग्री समावेश छन्। कोरियाली लोकगीत ‘अरिरंग’बाट प्रेरित यस एल्बमले सांस्कृतिक पहिचान, भावना र संघर्षका विषयलाई समेटेको छ।
१४ वटा गीत समावेश एल्बममा ‘बडी टु बडी’ र ‘हुलिगन’ जस्ता ऊर्जावान गीतदेखि ‘नर्मल’ र ‘इन्टु द सन’ जस्ता भावनात्मक ट्र्याकहरू रहेका छन्। यसको मुख्य गीत ‘स्विम’ ले जीवनका चुनौतीबीच दृढतापूर्वक अघि बढ्न प्रेरित गर्ने सन्देश दिन्छ।
बीटीएसको नयाँ एल्बम ‘अरिरंग’ मुम्बई, दिल्ली, नोएडा, बेंगलुरु, कोलकाता, चेन्नई, हैदराबाद, जयपुर, गुवाहाटी, चण्डीगढ, शिलङलगायत भारतका विभिन्न शहरस्थित चयनित शपर्स स्टप स्टोरहरूमा उपलब्ध छ। ग्राहकहरूले स्टोरबाट प्रत्यक्ष खरिद गर्न सक्नेछन् भने अनलाइनमार्फत पनि अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ।

About Author

Advertisement