कोलकाता: भारतको प्रतिष्ठित शैक्षिक संस्था नारायणा ग्रुप ऑफ़ स्कूल्स , पश्चिम बंगालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै फुटबल र चेस क्षेत्रका चर्चित खेल व्यक्तित्वहरू सम्मिलित विशेष कोचिङ प्यानल घोषणा गरेको छ।
नयाँ प्यानलमा भारतीय फुटबलका चर्चित खेलाडीहरू जोसफ बर्रटो , अलविटो डि ‘ कुन्हा र महताब हुसैन फुटबल प्रशिक्षकका रूपमा नियुक्त भएका छन् भने भारतका प्रतिष्ठित ग्रान्डमास्टर दिब्यांदु बरुआ चेस प्रशिक्षकका रूपमा आबद्ध भएका छन्। विद्यालयले यस कदमलाई विद्यार्थीहरूको समग्र प्रतिभा विकासतर्फको ऐतिहासिक पहलका रूपमा लिएको छ।
यस अवसरमा नारायणा ग्रुप अफ स्कूल्स, पश्चिम बंगालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रियंका मुख़र्जी ले शिक्षा केवल कक्षाकोठाभित्र सीमित नहुने बताउँदै खेलकुद र बौद्धिक गतिविधिमार्फत नेतृत्व, अनुशासन तथा उत्कृष्टताको संस्कार विकास गर्न सकिने धारणा व्यक्त गरिन्। उनले प्रतिष्ठित प्रशिक्षकहरूको मार्गदर्शनबाट विद्यार्थीहरूले खेल मैदानदेखि जीवनका विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।
जोसफ बर्रटो बंगाल फुटबल इतिहासका सर्वाधिक सफल विदेशी खेलाडीमध्ये एक मानिन्छन्। मोहन बागान सुपर गिन्ट का पूर्व स्टार स्ट्राइकर रहेका उनले क्लबका लागि २२८ गोल गर्दै कीर्तिमान कायम गरेका छन्। त्यसैगरी, अलविटो डि ‘ चुन्हा ले ईस्ट बंगाल एफसि का लागि लामो समय उत्कृष्ट प्रदर्शन गरेका थिए भने महताब हुसैन बंगालको फुटबल संस्कृतिसँग गहिरो रूपमा जोडिएका अनुभवी खेलाडी हुन्। उनीहरूको अनुभव र नेतृत्वले विद्यालयमा सशक्त फुटबल संस्कृति निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, चेस प्रशिक्षकका रूपमा नियुक्त भएका दिब्येंदु बरुआ, भारतका अग्रणी ग्रान्डमास्टरमध्ये एक हुन्। उनको मार्गदर्शनबाट विद्यार्थीहरूमा विश्लेषणात्मक सोच, रणनीतिक क्षमता तथा बौद्धिक दृढता विकास हुने विद्यालय प्रशासनको विश्वास छ।
विद्यालयका अनुसार यो पहलले शैक्षिक उत्कृष्टतासँगै शारीरिक क्षमता, मानसिक चपलता, टोली भावना र रणनीतिक सोचको विकासमा विशेष योगदान पुर्याउनेछ। नारायणा ग्रुप अफ स्कूल्स, पश्चिम बंगालले भविष्यका सक्षम, आत्मविश्वासी र बहुआयामिक व्यक्तित्व निर्माण गर्ने लक्ष्यका साथ यस्तो पहललाई निरन्तरता दिने जनाएको छ।










