दार्जीलिङ: पञ्चायत चुनाव र पहाडको तीनवटा नगरपालिका चुनावहरूलाई ध्यानमा राख्दै हाम्रो नारी शक्ति समुहको सभा सम्पन्न भयो। शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो नारी शक्ति समुह केन्द्रीय कमिटीको सभा केन्द्रीय अध्यक्ष शोभा मोक्तानको अध्यक्षतामा सम्पन्न भयो। आयोजित सभामा हाम्रो नारी शक्ति समुहको केन्द्रीय नेतृत्वहरू एंव सदस्यहरूको उपस्थिति रहेको थियो। दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकमा पहाडमा सम्पन्न हुन गइरहेको पञ्चायत चुनावबारे गहन चर्चा परिचर्चाहरू भए। त्यसरी नै खरसाङ,मिरिक अनि कालेबुङ नगरपालिकाको चुनावको घोषणा नभए तापनि यसबारे पनि सभामा गहन चर्चा परिचर्चा गरियो।आयोजित सभामा पहाडको शहरीय क्षेत्रहरूदेखि लिएर ग्रामीण क्षेत्रहरूमा पनि संगठनलाई अझ दरिलो बनाउँने साथै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको भिजन र हाम्रो पार्टीको सोचलाई घर घरमा कसरी पूराउँन सकिन्छ भन्ने विषयमाथि पनि गहन चर्चा परिचर्चा गरियो।










