रुखमा प्रेमी दम्पतीको झुण्डिएको शव भेटियो

IMG_20221013_162352.jpg

माल्दा: बिहीबार बिहान रुखमा प्रेमी जोडीको झुण्डिएको शव फेला परेको छ। यो घटना मालतीपुरको धनगडा–बिशनपुर पञ्चायतको रंगघाट क्षेत्रमा भएको हो। झुण्डिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि चञ्चल थानाको प्रहरीले घटनास्थलमा पुगेर रुखमा झुण्डिएको दुवै शव निकालेर पोस्टमार्टमका लागि माल्दा मेडिकल कलेज र अस्पतालमा पठाएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार मृत्यु हुने युवकको नाम सैफुद्दीन (२२) रहेको छ। उनको घर धनगडा–बिशनपुर पञ्चायतको रंगघाट गाउँमा छ। त्यस्तै मृतक बालिकाको नाम नैमा खातुन (१५) हो। उनको घर रतुआको छेउमा रहेको क्षेमपुर ग्राम पञ्चायतको परानपुरल गाउँमा छ। घटना आत्महत्या हो वा हत्या हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement