वैभव सूर्यवंशीले तोड़े सचिन र शेफालीको रेकर्ड

IMG-20260704-WA0099

नयाँ दिल्ली: युवा ओपनिंग ब्याटर वैभव सूर्यवंशीले शनिवार केवल १५ वर्ष ९९ दिनको उमेरमा भारतको निम्ति अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरे। उनलाई ईंग्ल्याण्डविरुद्ध म्यानचेष्टमा खेलिएको दोस्रो टी२० म्याचको प्रथम एकादशमा सामेल गरियो। यसको साथै उनले भारतीय क्रिकेटको दुईवटा रेकर्ड तोड़े। वैभव अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने सबैभन्दा कम्ती उमेरका भारतीय क्रिकेटर बनेका छन्। सीनियर पुरुष क्रिकेटरहरूमा वैभवले महान सचिन तेन्दुलकरको रेकर्ड तोड़ेका छन्। सचिनले १९८९-मा पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा १६ वर्ष २०५ दिनको उमेरमा पदार्पण गरेका थिए। वैभवले पुरुष क्रिकेटको रेकर्ड मात्र नतोड़ेर भारतीय क्रिकेट (पुरुष र महिला दुवै) मा सबैभन्दा कम्ती उमेरमा अन्तर्राष्ट्रिय पदार्पण गर्ने रेकर्ड पनि आफ्नो नाम गरे। यसअघि यो रेकर्ड भारतीय महिला टीमकी स्टार ओपनर शेफाली वर्माको नाममा रहेको थियो। शेफालीले २०१९-मा दक्षिण अफ्रिकाविरुद्ध टी२० म्याचको साथ अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्दा उनको उमेर १५ वर्ष २३९ दिन थियो। वैभवले शनिवार १५ वर्ष ९९ दिनको उमेरमा मैदानमा ओर्लिएर शेफालीको रेकर्ड पनि तोड़े। उल्लेखीय छ, बिहारका देब्रे हातका ब्याटर वैभव सूर्यवंशीले कलिलो उमेरमै आफ्नो प्रतिभाको दममा क्रिकेट जगतको ध्यान आकर्षित गरेका छन्। आईपीएलको २०२६ सीजन उनको करियरको टर्निंग पोइण्ट साबित भयो, जहाँ उनले २३७.३०-को प्रभावशाली स्ट्राईक रेटले ७७६ रन बनाए।

About Author

Advertisement