६ जूनः वेल्सले लड़ाकू युक्रेनलाई १-०-ले पराजित गरी ६४ सालपछि फीफा विश्व कपको निम्ति क्वालीफाई गऱ्यो। फीफा विश्व कप क्वालीफायरको यूरोपेली चरणअन्तर्गत आइतवार राति खेलिएको म्याचमा युक्रेनका आन्द्रेई यारमालेंकोले ३४औं मिनटमा गरेको आत्मघाती गोलले अन्तमा गएर वेल्सलाई कतर जाने टिकट प्रदान गऱ्यो। एक समय विश्वका सबैभन्दा महँगो फूटबलरहरूमा सामेल वेल्सका कप्तान ग्यारेथ बेल कम्मरको चोट लिएर पनि मैदानमा ओर्लिए अनि ३४औं मिनटमा उनकै फ्री किकलाई रोक्ने प्रयास गर्दै गोली यारमालेंकोको शीरमा लागेर युक्रेनको नेटमा पस्यो। स्वदेशमा रुसको हमलापछि पनि मैदानमा लड़ाकू प्रदर्शन गर्ने युक्रेनको यस हारपछि विश्व कप खेल्ने सपना पनि भताभुंगै भयो।








