कालेबुङ पुलिस सुपर डीविजन लीग च्याम्पियन

IMG_20220606_192645.jpg

६ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार खेलिएको सुपर डीविजन लीगको फाइनलमा रोमाञ्चक जीतको साथ कालेबुङ पुलिसले च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। दर्शकहरूका व्यापक उपस्थितिबीच मेला ग्राउण्डमा खेलिएको फाइनलमा कालेबुङ पुलिसले गत विजेता युनाइटेड ब्रदर्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अमिर तामाङले छिराए। च्याम्पियन कालेबुङ पुलिसका प्रणीत सुन्दासलाई प्लेयर अव् द म्याच अनि एपेक्स एफसीका नवांग शेर्पालाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार अनि रनर अप् टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

Advertisement