निर्दलीय प्रार्थी दिपेन्द्र देवानले नामांकन पत्र फिर्ता लिन्दै इन्डिपेन्डेन्ट्स फोरमसित सम्बन्ध नरहेको घोषणा

IMG-20220606-WA0117.jpg

खरसाङ: आगामी जीटीए चुनावको लागि खरसाङ देवराली समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका दिपेन्द्र देवानले आज आफ्नो नामांकन फिर्ता लिएका छन्। उनी खरसाङ देवराली समष्टिबाट इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट चुनावमा नामांकन पत्र बुझाएका थिए तर आज उनले नामांकन पत्र फिर्ता लिएका छन्। यय विषयमा आज खरसाङमा गोजमुमो पार्टीको कार्यालयमा पत्रकार सम्मेलन बोलाएर गोजमुमो पार्टीले जीटीए चुनावको विरोध गरेको भए पनि २०१७ को आन्दोलन बिथोल्नेहरू नै चौकीमा पुगे फेरि पहाड़ बिथोल्छ भनेर नै हामीले इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका थियौं। तर आज आएर म उठेको खरसाङ देवराली समष्टिबाट अरु पनि निर्दलीय प्रार्थीहरू रहेकोले निर्दलीय प्रार्थीहरूलाई मौका दिनलाई आफुले नामांकन पत्र फिर्ता लिएको बताएका छन्। दिपेन्द्र देवानले समष्टीमा अरु पनि प्रार्थीहरू रहेको कारणले गोजमुमो अध्यक्ष बिमल गुरुङको कुरालाई समर्थन गरी नामांकन पत्र फिर्ता लिएको बताएका छन्। उनले मैले पार्टीको विरोधमा नामांकन पत्र भरेको थिए तर मैले पार्टीलाई बचाउने र आफु पनि बाँच्ने इन्डिपेन्डेन्ट्स फोरमबाट नामांकन पत्र बुझाएको थिए भन्दै तर आजदेखि नामांकन पत्र फिर्ता लिएको साथै आजदेखि इन्डिपेन्डेन्ट्स फोरममा नरहेको र गोजमुमो खरसाङ महकुमा समितिको सह सचिवको रूपमा रहेर कार्य गर्ने बताएका छन्।

About Author

Advertisement