खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भूतपूर्व सैनिक संगठनको प्रार्थी मणिकुमार छेत्रीले आफ्नो नामांकन पत्र फिर्ता लिएर निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीलाई समर्थन गर्ने भएको छ। आज नामांकन पत्र फिर्ता लिने अन्तिम दिनमा भूतपूर्व सैनिक संगठनको पक्षबाट खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीबाट प्रार्थी दिने मणिकुमार छेत्रीले आफ्नो नामांकन पत्र फिर्ता लिएर निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीलाई समर्थन गरी चुनाव प्रचारमा पनि सहयोग गर्ने भएको छ। आज आफ्नो नामांकन पत्र फिर्ता लिएपछि खरसाङमा पत्रकार सम्मेलन बोलाएर आफ्नै गाउँको भाइ सुवास छेत्रीलाई मैदान छोड़ि दिएको साथै समर्थन गरेर आफ्नो सबै शुभचिन्तकहरू र भूतपूर्व सैनिकहरूका परिवारहरूले पनि पत्रकार सुवास छेत्रीलाई नै भोट दिने निवेदन पनि गरेका छन्। मणिकुमार छेत्रीले आफ्नो नामांकन पत्र फिर्ता लिएको विषयमा बोल्दै मैले यो निर्णय हाम्रो संगठनको अध्यक्ष अवकाशप्राप्त कर्नल केशव राईको निर्देशन र सुझाव अनुसार नै फिर्ता लिएको बताएका छन्। उनले हामीले निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीसित विभिन्न शर्तहरू राखेर नै नामंकन पत्र फिर्ता लिएको अनि यसमा मुख्य रुपमा आगामी दिनमा जीटीएमा एकजना सदस्यको अावश्यकता परेको बेला हामीलाई सघाउनुर्छ भनी शर्त राखिएको र त्यसलाई निर्दलीय प्रार्थी सुवास छेत्रीले पनि मानि लिएको कारणले गर्दा मैले आफ्नो नामांकन पत्र फिर्ता लिएको बताएका छन्। उल्लेखनीय छ खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीबाट भूतपूर्व सैनिक संगठनको पक्षबाट मणिकुमार छेत्रीले निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका थिए। यस समष्टीबाट जम्मा १० जनाले नामांकन पत्र बुझाएका थिए भने अब मणिकुमार छेत्रीले आफ्नो नामांकन पत्र फिर्ता लिएर पत्रकार सुवास छेत्रीलाई सहयोग गर्ने भएको छ।








