सिलगढी: निर्माण र शिल्पकलाका देवता भगवान् विश्वकर्माको पूजा आराधनाको अवसरमा सिलिगुडीका विभिन्न रेल्वे स्टेसनहरूलाई आकर्षक रूपमा सिँगारिएको छ। सोही क्रममा सिलगढीको प्रसिद्ध एवं ऐतिहासिक ‘टोय ट्रेन’ लाई पनि भव्य रूपमा सजाएर विश्वकर्मा पूजा मनाइएको छ।
रेल विभाग तथा स्थानीय कर्मचारीहरूद्वारा स्टेसन परिसर र रेल इन्जिनहरूमा पूजाआजा गरी सुख, समृद्धि र सुरक्षित रेल यात्राको कामना गरिएको छ। विशेष गरी दार्जिलिङ हिमालयन रेल्वे (डीएचआर) को धरोहरका रूपमा रहेको टोय ट्रेनलाई फूलमाला र ध्वजापताकाले सजाएर पूजा गरिएको हेर्न स्थानीय र पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो।





