सिलगढी: देशका अन्य भूभागका साथै सिलिगुडीमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा विशेष ‘प्रदीप’ (दीपक) प्रज्वलन गरिएको छ। बिहीबार वर्षाका बाबजुद सहरमा यो विशेष कार्यक्रम आयोजना गरियो।

पर्यटन मन्त्री शङ्कर घोष, सिलिगुडीका एसडिओ तथा अन्य प्रशासनिक अधिकारीहरूको उपस्थितिमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरियो। खराब मौसमका बाबजुद आयोजक तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण महानन्दा नदीको किनारमा गरिएको ‘आरती’ रह्यो। दीप प्रज्वलनपश्चात् झरीकै बीच नदी किनारमा विशेष आरती सम्पन्न गरियो।
पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शङ्कर घोषले प्रधानमन्त्रीको ‘सेवाको २५ वर्ष’ पहलअन्तर्गत उहाँको जन्मदिनलाई लक्षित गरी महिनाभरि विभिन्न कार्यक्रमको योजना बनाइएको बताए। उनले यस अवधिभर विभिन्न सामाजिक तथा जनकल्याणकारी कार्यहरू सञ्चालन गरिने जानकारी दिए।





