जिम्बाब्वेका टावेंगवा मुखुहलानी बने नयाँ आईसीसी उपाध्यक्ष

IMG-20260917-WA0098

दुबई: जिम्बाब्वेका टावेंगवा मुखुहलानीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को उपाध्यक्ष नियुक्त गरिएको छ। उनी नोभेम्बर २०२७-सम्म यस पदमा रहनेछन्। मुखुहलानी यस समय जिम्बाब्वे क्रिकेटका चेयरम्यान हुन् अनि आईसीसी बोर्डमा आफ्नो देशको प्रतिनिधित्व गर्छन्। इमरान ख्वाजाले पद छोड़ेपछि अब उनले जिम्मेवारी सम्हाल्नेछन्। मुखुहलानी आईसीसीको फाइनेन्स एण्ड कमर्शियल अफेयर्स (एफ एण्ड सीए) कमिटी र नमिनेशन कमिटीका पनि सदस्य हुन्। यसबाहेक उनी आईसीसीको एचआर र रेमुनरेशन कमिटीका पनि प्रमुख हुन् । यसपाली उपाध्यक्ष पद सम्हालेर उनी यस महत्त्वपूर्ण पदमा पुग्ने जिम्बाब्वेका पहिलो व्यक्ति बनेका छन्। उनको नियुक्ति अफ्रिकी क्रिकेटको निम्ति महत्त्वपूर्ण समयमा भएको छ कारण जिम्बाब्वेले दक्षिण अफ्रिका र नामीबियासँग मिलेर आईसीसी पुरुष क्रिकेट विश्व कप २०२७-को सह-आयोजन गर्नेछ। जिम्बाब्वे क्रिकेटमा आफ्नो नेतृत्व अनुभव र क्षेत्रीय जानकारीको दममा मुखुहलानीले महत्त्वपूर्ण मार्गदर्शन दिनेछन् कारण आईसीसीले २४ सालमा पहिलोपल्ट यस वैश्विक टुर्नामेण्टलाई अफ्रिकामा ल्याइरहेको छ। आफ्नो नियुक्तिमाथि मुखुहलानीले भने, मेरा साथी आईसीसी बोर्ड अफ डिरेक्टरहरूले ममाथि भरोसा देखाए, जसले म धेरै सम्मानित अनुभव गरिरहेको छु। आईसीसी उपाध्यक्षको रूपमा सेवा गर्ने मौका पाएर म आभारी छु। म हाम्रा चेयरम्यान जय शाहसँग मिलेर काम गर्न उत्सुक छु। आईसीसी चेयरम्यान जय शाहले पनि भनेका छन्, म आईसीसीका नयाँ उपाध्यक्षको रूपमा चयन भएकोमा टावेंगवा मुखुहलानीलाई आन्तरिक हृदयबाट बधाई दिन्छु। क्रिकेट प्रशासनमा उनको अनुभव, वैश्विक खेलको जानकारी र यसको विकास प्रति उको प्रतिबद्धता आईसीसी बोर्डको निम्ति मूल्यवान हुनेछ।

About Author

Advertisement