विभिन्न माग राख्दै स्वास्थ्य अधिकारीलाई जटेश्वर नागरिक समाजकाे ज्ञापनपत्र

IMG_20221119_164019.jpg

अलीपुरद्वार: जटेश्वर नागरिक समाजले शनिबार फलाकाटा ब्लकको जटेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्ना विभिन्न मागहरूको बारेमा ज्ञापनपत्र बुझायो। आज जटेश्वर नागरिक समाजका सदस्यहरूले सात बुँदे मागको समर्थन गर्दै स्वास्थ्य अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। चौबिसै घण्टा आकस्मिक सेवा सुरु गर्ने, मानव सेवाका लागि पाँच चिकित्सक नियुक्त गर्ने, जनताका लागि १० शय्याको व्यवस्था गर्ने, प्रसूति वार्ड खोल्ने र पर्याप्त औषधि उपलब्ध गराउने उनीहरूका मुख्य माग छन्। यस सम्बन्धमा जटेश्वर नागरिक समाजका सदस्य देवजित पालले भने, ‘साना–साना रोगका कारण फलकाटा वा वीरपारा अस्पताल जानु पर्ने हामीले लामो समयदेखि देख्दै आएका छौं। यी मागका सम्बन्धमा हामीले जटेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा ज्ञापनपत्र बुझाएका छौं। स्वास्थ्य केन्द्रअघि आज जम्मा सातवटा माग राखेको छौं, ती मागहरू छिट्टै पूरा नभए ठूलो आन्दोलन हुने छ।

About Author

Advertisement