विभिन्न आदिवासी संगठनद्वारा विश्व आदिवासी दिवस पालन

01-5b5ef6d7-9f48-4459-bd68-61d7157c8048

कालचिनी: मङ्गलबारविश्व आदिवासी दिवसको उपलक्ष्यमा अलिपुरद्वार जिल्लाको विभिन्न ठाउँहरुमा आदिवासी संगठनहरुको आयोजनामा विभिन्न झाँकी, ऱ्याली अनि प्रकृति पूजा एवं मञ्च कार्यक्रम सम्पन्न भएको आदिवासी संगठनको तर्फबाट बताएको छ। यस क्रममा बिहान कालचिनी पोस्ट अफिस परिसरको पिपल रुखको फेदीमा पश्चिम बङ्गाल सरना समाजको आयोजनामा प्रकृति पूजा सम्पन्न गरिएपछि शोभायात्र निकालियो। सोही क्रममा मङ्गलबार बिहान राजाभातखावा डिपोपाड़ामा अखिल भारतीय आदिवासी सादान महासभा अनि अखिल भारतीय आदिवासी सादान साहित्य विकास समिति एवं राजाभातखावा ट्राइबल क्लबको संयुक्त आयोजनामा भव्यरुपमा विश्व आदिवासी दिवस पालन गरिएको आयोजक कमिटीको पक्षबाट गौतम सोरेनले बताएका छन्।

सो अवसरमा प्रथमत आदिवासी पारम्परिक सांस्कृतिक टोलीसितै राजाभातखावा क्षेत्रमा शोभायात्रा निकालियोl त्यसपश्चात सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवान लगायत रेञ्जर अनि बीट अधिकारीहरु एवं अखिल भारतीय आदिवासी सादान महासभाको केन्द्रीय अध्यक्ष हरि कुजूर उपदेष्टा डा. कमल कुजूर लगायत विभिन्न आदिवासी समाजसेवीहरुसितै कालचिनी समाजसेवी पासाङ लामा, मनोज अग्रवाल एवं अन्यान्य समाजसेवीहरुलाई मञ्चमा स्वागत तथा सम्मान प्रदान गरियो।

कार्यक्रम शुरु हुन अघि भारतीय राष्ट्रिय तिरंगा झण्डा र अखिल भारतीय आदिवासी सादान महासभाको झण्डा उत्तोलन गरियो। कार्यक्रमबीच डीएफडी अनि रेञ्जरहरुको उपस्थितिमा प्रायः २० वटा बिरुवाहरुको रोपण पनि डिपोपाड़ा परिसरमा गरियो। कार्यक्रममा विभिन्न आदिवासीलगायत नेपाली नृत्य प्रस्तुत गरियो भने साँझसम्म सांस्कृतिक कार्यक्रम चल्ने आयोजक कमिटीको पक्षबाट गौतम सोरेनले बताएका छन्।

अर्कोतिर यसैगरि मङ्गलबार हाँसीमारामा पनि विश्व आदिवासी दिवसको उपलक्ष्यमा शोभायात्रा निकालियोl कालचिनी स्थित आदिवासी शमशानघाट परिसरमा पनि विश्व आदिवासी दिवस पालन गरिएको जानकारी उक्त कमिटीको पक्षबाट जोगिता उराँवले दिएकी छिन्। यसैगरि अखिल भारतीय आदिवासी विकास परिषदद्वारा पनि कालचिनी खण्डको विभिन्न ठाउँहरुमा बाइक ऱ्याली आयोजना गर्योl सो अवसरमा संगठनको अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा लगायत अन्यान्य नेतृत्वहरु उपस्थिति थिए।

About Author

Advertisement