काम गर्न गएको युवकको मृत्यु भएको घटनाले शोकाकुल परिवार

0-df04a454-6379-4310-b2bd-b7e1218f4bc9

कालचिनी: काम र मामको खोजीमा गत एक महीना अघि मात्र देहरादूनमा मिस्त्री काम गर्न गएको कालचिनी खण्डको राजाभातखावा नयाँ बस्ती निवासी एकजना २५ वर्षीय विवाहित युवक नान्टु रायको सोमबार काम गरिरहेको समय अचानक बहुतले बिल्डिङबाट झरेर मृत्यु भएको घटनाले राजाभातखावामा शोकको लहर छाएको छ। एक महीना अघि मात्र आफ्नो पत्नी र एकजना नानीलाई च्यापेर देहरादून काम गर्न गएको छोरोको मृत्यु भएको सुनेर यता घरमा एक्लै रहेकी आमा रञ्जना रायले गहिरो दु:ख व्यक्त गरेकी छिन्।

छोराको मृतदेह कुरेर बसेकी आमा रञ्जना रायले छोराको शव एम्बुलेन्समा हालेर ल्याउँदैछ भनि सुनेको शायद बुधबार मात्र आईपुग्छ होला भन्दै आफ्नो लोग्ने पनि विगत १४ महीना अघि अटो दुर्घटनामा बितेको र अहिले छोरा बितेको खबरले विरह चलेको बताउँछिन् आमा रञ्जना राय। यता उक्त घटना सुनेर क्षेत्रको समाजसेवी पार्थ प्रतिम दत्ताले धेरै दु:खदायी घटना सुनेको र राय परिवार अहिले बेसहारा भएको र जति मदत गर्न सकिन्छ पञ्चायत माध्यममा गर्ने सक्दो प्रयास चलाइने बताएका छन्।

About Author

Advertisement