गोरुबथान: विन्टर स्पोर्टस कराते कोचिङ क्याम्पको समापन कार्यक्रम आज नारायणा विद्यालय कालेबुङमा समपन्न भयो।यो कार्यक्रम नारायणा विद्यालय र सुसनस कराते डु एकाडेमीको संयुक्त आयोजनामा समपन्न भएको हो। सुसन थापा (ब्लेक बेल्ट ५ दान) र आशिष राईको सन्चालनमा सन्चालित यो क्याम्प विगत ४ जनवरीदेखि १३ जनवरीसम्म रहेको थियो।यस क्याम्पमा जम्मा ४५ जना नानीहरुले सहभागिता जनाएका थियो। यस कार्यक्रममा सहभागीता जनाउने प्रत्येक विद्यार्थीगणलाई विद्यालयको तर्फबाट प्रमाण पत्र प्रदान गरिएको जानकारी प्रशिक्षक सुसन थापाले दिएका छन्।









