नाम्ची: सिक्किमको नाम्चीस्थित जवहारलाल नेहरू मेमोरियल इन्स्टीट्यूट (जेएनएमआई) मा ‘मिनी ब्रेल प्रेस’ को स्थापना गरिएको छ। जिल्लापालको अगुवाईमा एक टोलीले संस्थानको भ्रमण गरेर ब्रेस प्रेसको निरीक्षण गरेका छन्।यस संस्थानमा तीनवटा मेसिन हाई स्पीड ब्रेल एम्बसर, टेक्टाइल मेकर र लेक्स एयर (नेत्रहीनका लागि स्क्यानर मेसिन) जडान गरिएका छन्। शिलाङबाट आएका स्रोत वक्ता श्याम प्रधानले मेसिनका विशेषताहरू प्रदर्शित गरेर देखाए। उनले जिल्लापाल र उनको टोलीसँग कुराकानी गर्दै उनीहरूका आशंकाहरूलाई सम्बोधित गरेका थिए। उनले यी मेसिनहरू संस्थानको निम्ति सम्पत्ति रहेको बताउँदै यसको माध्यमद्वारा ब्रेल पुस्तक र स्पर्श रेखाचित्रहरू तयार गर्न सकिने बताए। जिल्लापालले संस्थान परिसरको पनि भ्रमण गरेका थिए। उनले गर्ल्स होस्टेल, बोइज होस्टेल, भोजनालय तथा अन्य ठाउँहरूको मरम्मतिका लागि सुझाउ पनि दिए।









