विधायक राजकुमारी थापाले दिइन् वित्त मन्त्री सीतारमणलाई धन्यवाद

IMG-20230228-WA0334.jpg

गान्तोक: भाले ढुंगा रोपवे प्रोजेक्टको विधिवत् उद्घाटन गरिदिएकोमा राङ्गाङ याङ्गाङकी विधायक सुश्री राजकुमारी थापाले देशकी वित्त मन्त्री श्रीमती निर्मला सीतारमण प्रति आभार व्यक्त गरेकी छन्। यसको साथै याङ्गाङमा पर्यटनको विकासलाई प्राथमिकता दिएर छोटो समयमा नै परियोजनाको निर्माणकार्य पूरा गरेको भन्दै मुख्यमन्त्री पीएस गोलेलाई पनि धन्यवाद दिएकी छन्। उल्लेखनीय छ, आज राजधानी गान्तोकको मनन केन्द्रबाट केन्द्रीय मन्त्रीले धापर-भालेढुङ्गा घिर्लिङ परियोजनाको भर्चूअल रुपमा विधिवत उद्घाटन गरेकी छन्।

विधायक सुश्री राजकुमारी थापाले रोप वे परियोजनाको निम्ति धन्यवाद दिने क्रममा परियोजनाको निम्ति अतिरिक्त धनराशि आवश्यक परेको समय पीएम डिभाइन कोषबाट धनराशि गराएकोमा भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति पनि विशेष आभार प्रकट गरेकी छन्। यस परियोजनाले क्षेत्रमा पर्यटन उद्योगको विकास हुने अनि स्थानीय युवाहरूले रोजगारको अवसर प्राप्त गर्ने उनले आशा व्यक्त गरेकी छन्।

सिक्किम सरकारको पहलमा २०१६ देखि निर्माण गर्न शुरु गरेको भालुढुङ्गा रोपवेको निर्माण कार्यमा कुल २०९ करोड ५७ लाख रुपियाँ खर्च भएको छ जसमा ५७ करोड ८२ लाख रुपियाँ प्रधानमन्त्री-डिभाइन योजनाबाट प्रदान गरिएको हो। फ्रान्सको पोमा कम्पनीद्वारा निर्माण गरिएको भालेढुङ्गा प्यासेन्जर रोपवेको उद्घाटन पछि स्थानीय पर्याटन क्षेत्र व्यापक रुपमा फस्टाएर जानेछ भन्ने मलाई विश्वास बढेको छ। भाले ढुंगा रोपवे को कुल लम्बाई ३३१० मिटर र भर्टिकल लम्बाई १३४८ मिटर रहेको छ। १८ वटा क्याबिन रहेको भालेढुङ्गा रोपवेको केवलकार प्रति सेकेन्ड ६ मिटरको गतिमा चल्नेछ भने कुल दूरी पार गर्न लगभग १० मिनट समय लाग्नेछ।

About Author

Advertisement