विद्या भारती सिक्किमको कार्यकारिणी बैठक सम्पन्न

n590707900171017532620188c9e7032436d8ed8180bf1dd56f33d432721ab58b2f190a05915eaeec1db5ba.jpg

गान्तोक: विद्या भारती सिक्किमको तादोङस्थित प्रान्त कार्यालय विद्या भारती सिक्किमका अध्यक्ष छुल्टिम भोटियाको अध्यक्षतामा कार्यकारिणी बैठक सम्पन्न भयो। बैठकमा सिक्किमको तीन दिवसीय प्रवासमा आएका विद्या भारती पूर्व क्षेत्रका संगठन मन्त्री दिवाकर घोष र सह संगठन मन्त्री पार्थ घोष विशेष रूपमा उपस्थित थिए।

आफ्नो तीन दिवसीय प्रवास अवधि पदाधिकारीहरूले विद्या भारती सिक्किमद्वारा सञ्चालित विद्यालयको पनि निरीक्षण गरे। यसैगरी, विद्यालयका विद्यार्थीहरू, आचार्य-आचार्या, विद्यालय सञ्चालन समितिसॅंग विद्यालयको विकास, शैक्षिक व्यवस्था, विविध कार्यक्रम आदि विषयमा चर्चा गरे।

यसैगरी, प्रान्त कार्यकारिणी बैठकमा महामन्त्री विजय शर्माले सिक्किमको वर्तमान कार्यको समीक्षा र विवरण प्रस्तुत गरेका थिए। बैठकमा वर्ष २०२४-२५ को विकास, विस्तार, सम्भावना, आगामी साधारण सभा, समितिको कार्यकाल पूरा भएको र नयॉं कमिटी गठनबारे चर्चा, वर्ष २०२४-२५ को आनुमानित बजेट, विद्यालयहरूको विकास, उत्तर जिल्लाको सीमा क्षेत्र, गाउॅंमा समाजको सहयोग र मार्गदर्शनमा १० संस्कार केन्द्र खोल्ने विषयहरूमाथि चर्चा गरियो।

बैठकमा आगामी चुनाउपछि प्रान्तको नयॉं समिति गठन गरिने निर्णय गरिएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराएका छन्।

About Author

Advertisement