विद्या भारती अखिल भारतीय चयनित पूर्णकालीन अभ्यास वर्ग सम्पन्न

नयाँ दिल्ली: विद्या भारती अखिल भारतीय चयनित पूर्णकालीन अभ्यास वर्ग नयॉ दिल्लीको हरीनगरस्थित महाशय चुनीलाल सरस्वती बाल मन्दिरमा सम्पन्न भयो। गत २१ जुलाईदेखि २५ जुलाई, २०२२ सम्म चलेको कार्यक्रमको विषय राष्ट्रिय शिक्षा नीति २०२० रहेको थियो। विद्या भारतीय सिक्किम प्रान्तबाट प्रशिक्षण प्रमुख सूर्य धितालले पनि भाग लिए।

यस प्रशिक्षणमा देशभरिबाट १४३ कार्यकर्ताले भाग लिएका थिए। भारत सरकारको राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदका प्रोफेसर, सेण्ट्रल बोर्ड अफ् सेकेण्डरी एजुकेशन, राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरका मेन्टर, राष्ट्रिय व्यावसायिक मानक एवं प्रारम्भिक बाल्यावस्था देखभाल एवं शिक्षा, राष्ट्रिय समितिका सदस्यहरू साथै विद्या भारतीय अखिल भारतीय शिक्षा संस्थानका अध्यक्ष, संगठन मन्त्री, सह संगठन मन्त्री, महामन्त्रीले राष्ट्रिय शिक्षा नीति २०२० को क्रियान्वयन, चुनौती, प्रणाली, कर्तवय, दायित्व, समर्पणबारे जानकारी गराएका थिए।

यस पॉंच दिनमा समग्र शिक्षा, अनुभवजन्य शिक्षा, शिक्षक सशक्तिकरण, समाज नीति, अर्थनीति, शिक्षा नीति, सार्वभौमकता, क्षमता विकास, कौशल विकास, मूल्य आधारित शिक्षा जस्ता विषयहरूमा संगठनका अधिकारीहरूले मार्गदर्शन प्रदान गरे। राष्ट्रिय शिक्षा नीति २०२० को मूल विषयमा प्रारम्भिक बाल्यावस्था देखभाल एवं शिक्षाको प्रणाली, व्यावसायिक शिक्षा, २१औं शताब्दीको कौशल आदि विषयहरूमा संसाधन व्यक्तिहरूले जानकारी प्रदान गरेको जानकारी प्रशिक्षण प्रमुख सूर्य धितालले दिएका छन्।

About Author

Advertisement