आक्रमण स्पोर्टिङ क्लब बन्यो पाल्देन थेन्डुप नामग्याल शताब्दी कप च्याम्पियन

गान्तोक: देउरालीस्थित जीएमसी आक्रमण स्पोर्ट्स एरिनामा केहि दिन अघि देखिनै छोग्याल पाल्देन थेन्डुप नामग्याल शताब्दी कप एनआईटी-ले आयोजन गरिरहेको थियो। प्रतीयोगिताको फाइनल खेल हिजो सम्पन्न भयो।
फाइनल खेलअघि दुईवटा प्रदर्शनी खेल सम्पन्न भएको थियो। पहिलो प्रदर्शनी खेल सिक्किम स्टार र आक्रमण लिजेण्ड बिच भयो जहाँ सिक्किम स्टार्स स्पोर्टिङ्ग क्लब आक्रमण लेजेण्डस विरूद्ध विजयी बन्यो।
सोही प्रकारले भेटरन्स क्लब माझ खेलिएको मैत्रीपूर्ण खेलमा फ्रिडम फ्यासिलिटी राइज्रस यको टीम एस सी विरुद्ध विजयी बन्यो।
यसरी नै छोग्याल पाल्देन थेन्डुप नामग्याल शताब्दी कप आक्रमण स्पोर्टिङ्ग क्लब बनाम एकेबी बीच क्लब भएको थियो भने आक्रमण स्पोर्टिङ्ग क्लब विजयी बन्न सफल भयो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा सिक्किम सरकारका खेलकुद विभागका माननीय मन्त्री कुङ्गा निमा लेप्चा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा शहरी विकास एवं आवास विभागका माननीय मन्त्री अरुण उप्रेती लगायत प्रतिष्ठित संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए। सिक्किम सरकारले खेलकुद क्षेत्रलाई अघि बढाउने अनि युवाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सिक्किमको हरेक ठाउँहरूमा स्टेडियम अनि खेल मैदानहरु निर्माण गरेको अनि अन्य पहलहरू शुरु गरिसकेको मन्त्री कुङ्गा निमा लेप्चाले बताए।

About Author

Advertisement