विद्यालय प्रमुखहरूलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20240509-WA0248.jpg

गान्तोक: गेजिङ जिल्लामा सञ्चालित सबै सरकारी विद्यालयका प्रमुखहरूलाई लिएर हिजो एक समन्वय सभा सम्पन्न भयो। क्योङसाको जिल्ला पञ्चायत भवनको प्रेक्षागृहमा सम्पन्न भएको सभाको अध्यक्षता गेजिङ जिल्लाका प्रमुख शिक्षा शिक्षा अधिकारी सुविहाले गरेका थिए भने यस अवसरमा महकुमा साथै खण्डस्तरीय अधिकारीहरूले महत्वपूर्ण विषयहरूमाथि कुरा राखेका थिए। सभामा विभिन्न विषयमा चर्चा गर्नको साथै विद्यालय प्रमुखहरूलाई अझ प्रोत्साहित गर्नको निम्ति सबैले उत्साहतपूर्वस सहभागिता जनाएका थिए। विद्यालय प्रमुखहरूले विद्यालयमा राम्रो प्रथा र नयाँ विचारहरू शुरू गर्ने मन्तव्य राखे। शैक्षिक सुधारदेखि नयाँ शिक्षा नीतिलाई निरन्तर र व्यावसायिकरूपमा विकास, त्यसपछि यस अर्धवार्षिक परीक्षाको लागि पाँचौ श्रेणीको प्रशनपत्रको निम्ति केन्द्रीकृत गरिनुपर्ने र इएमएमआईएस सम्बन्धित विषयमा छलफल गरियो।

About Author

Advertisement