स्विस् घड़ी निर्माता कम्पनी ओमेगा-को खेल दूत बने नीरज चोपड़ा

IMG-20240509-WA0247.jpg

नयाँ दिल्ली: भारतका स्टार एथलीट तथा ओलम्पिकको साथमा वर्ल्ड च्याम्पियनशीपका स्वर्ण पदक विजेता ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ालाई स्विट्जरल्याण्डको लग्जरी घड़ी निर्माता कम्पनी ओमेगा-ले आफ्नो खेल दूत नियुक्त गऱ्यो। ओमेगा यस साल हुने पेरिस ओलम्पिक खेलहरूका आधिकारिक ‘टाइमकीपर’ हो। चोपड़ालाई शुक्रवार डायमण्ड लीगको पहिलो चरणमा प्रतिस्पर्धा गर्न अघि दोहामा ओमेगा स्टोरमा आमन्त्रित गरेर कम्पनीको खेल दूत नियुक्त गरियो। यस साझेदारीबारे नीरजले भने, म यस प्रतिष्ठित ब्राण्डको हिस्सा बनेर खुशी र उत्साहित छु जसले ओलम्पिक खेलहरूमा टाइमकीपिंगमा यति ठूलो भूमिका निर्वाह गर्छ। यसले मलाई निरन्तर असल प्रदर्शन गर्न प्रेरित गर्नेछ। नीरज ओलम्पिक खेलहरूका साथमा वर्ल्ड च्याम्पियनशीपमा ज्याभलिन थ्रो स्पर्धामा स्वर्ण पदक जित्ने एशियाकै पहिलो खेलाड़ी हुन्। ओमेगा १९३२-देखि सबै ओलम्पिक खेलहरूमा आधिकारिक टाइमकीपर रहँदै आएको छ। नीरजले पेरिस ओलम्पिकको निम्ति अगावै क्वालीफाई गरिसकेका छन्।

About Author

Advertisement