सिलगढी: एक समाजिक संजालमा सिटोङ-१ सेब्जे बस्ती निवासी देवनन्द सुब्बाको २४ वर्षीय छोरा प्रितम सुब्बा किड्नीको बिमारका कारण हप्तामा दुईपल्ट सिलगढीको एक निजी अस्पतालमा पुगेर डालोसिस उपचार गर्नपर्ने भएको खबर सुनेर सिटोङ घलेटार निवासी समाजसेवी विक्रम राईले हिडेर बिरामीको घरमा पुगे। बिरामी प्रितम सुब्बाको आर्थिक अवस्था कमजोर भएको कारण सहयोगको निम्ति अपिल पनि गरेका छन् भने सामाजिक संजालमा यसरी अपिल गरेको थाहा पाएपछि विक्रम उनको घरमा पुगेर केही आर्थिक सहयोग गरे।
अब सिलगढीमा डाइलोसिसको निम्ति जाँदा लाग्ने यातायातको खर्च अनि खाने बस्ने प्रबन्ध पनि विक्रम राईले गरिदिने वचन दिएका छन्। ज्ञात रहोस्, आफू बिरामी अवस्थामा रहेर पनि विक्रम राईले अनेकौं बिमारीहरु वृद्धहरु अनि असाहयहरुलाई निरन्तर सहयोग गरिरहेका छन्।










