गान्तोक: अखिल राई किरात संघको युवा प्रकोष्ठले आयोजन गरेको पूर्वोत्तर स्तरीय किरावा मिस अनि मिस्टर प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरूलाई आफ्नो नाम दर्ता गर्ने अवसर ८ फरवरीसम्म सारिएको प्रकोष्ठले बताएको छ।
राई जातिको संस्कार-संस्कृति तथा रीति रिवाजका नियमहरूलाई संरक्षण गर्न तथा यसबारे बुझाउने उद्देश्य राखेर अकिरासंको युवा प्रकोष्ठले राई जातिको सुन्दर तथा सुन्दरी प्रतियोताको आयोजन गरेको हो।
पूर्वोत्तरका धेरैवटा ठाउँहरूबाट प्रतियोगीहरूले भाग लिन चाहेको तर रजिस्ट्रेशनको मिति बड़ाउने आग्रह धेरै गरिएकोले नै प्रतियोगीहरूको सजिलोको निम्ति रजिस्ट्रेशन मिति सारिएको प्रतियोगिता आयोजन समितिका समन्वयक नवीन राईले बताएका छन्।










