‘विकसित भारत २०४७’ को लक्ष्य पूरा गर्न गाउँ र वडा तहसम्म संगठन सुदृढ बनाइने

FB_IMG_1790701675620

​नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) का नवनियुक्त प्रदेश इन्चार्ज तथा सह-इन्चार्जहरूको सांगठनिक बैठक मङ्गलबार नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन तथा राष्ट्रिय महामन्त्री (संगठन) बी. एल. सन्तोषको उपस्थिति रहेको थियो।
​बैठकलाई सम्बोधन गर्दै नेतृत्वले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि स सारेको सन् २०४७ सम्म ‘विकसित भारत’ निर्माण गर्ने सङ्कल्पलाई साकार पार्न सबै तहका कार्यकर्ता समर्पित हुनुपर्नेमा जोड दिएका छन्। यो लक्ष्य केवल सरकारको मात्र नभई प्रत्येक नागरिक र पार्टी कार्यकर्ताको साझा जिम्मेवारी भएको बताइएको छ। प्रदेश कमिटी, निष्ठावान कार्यकर्ता र आम नागरिकसँगको सहकार्यमा यस अवधारणालाई सार्थक बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
​सरकारी नीति तथा योजनाहरू समाजको अन्तिम व्यक्तिसम्म पुगेपछि मात्र सर्वसाधारणको जीवनमा वास्तविक परिवर्तन आउने भन्दै प्रत्येक गाउँ, वडा र समुदायसम्म पार्टीको उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिइएको छ। जनताका समस्या सुन्ने, उनीहरूका चिन्ता बुझ्ने र निरन्तर जनसम्पर्कमा रहनु नै ‘सबका साथ, सबका विकास’ को वास्तविक प्रयोग भएको बैठकमा चर्चा गरिएको थियो।

कुनै पनि वर्ग वा क्षेत्रलाई पछाडि नछाडी सबैको विकास सुनिश्चित गर्ने र सांगठनिक संरचनालाई तल्लो तहसम्म अझ प्रभावकारी ढङ्गले विस्तार गर्ने निर्णय समेत बैठकले गरेको छ।

About Author

Advertisement