‘वार अफ् आर्म्स’ प्रतियोगिताको आयोजना गर्ने

IMG_20220906_222002.jpg

गान्तोक: ‘वार अफ् आर्म्स’ प्रतियोगिताको आयोजना राजधानीका तीनवटा जिमले मिलेर गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी २५ सेप्टेम्बरका दिन मनन केन्द्रमा गरिने छ। आयोजक जिमहरू आइरन पम्प- स्वेट शप, बबिस् जिम र फिटस्पट जिम रहेका छन्।
आइरन पम्प- स्वेट शपका स्वामी सुनील गुरूङले आगामी २५ सेप्टेम्बरको दिन राजधानीमा ‘वार अफ् आर्म्स’ आयोजना गरिने बताए। उनले बताए अनुसार, प्रतियोगिता सिक्किम स्टेट आर्म रेस्लिङ फेडरेशन र इण्डियन आर्म रेस्लिङ फेडरेशनको ब्यानरमा पुरूष अनि महिलाहरूको निम्ति आयोजना गरिने छ। आर्म रेस्लिङ पहिला पनि सिक्किममा भइसकेको छ तर, यसपाली भिन्नै प्रकारले गरिने छ।
यसपाली ‘प्रो-पञ्जा’ ले पनि सहयोग गरिरहेको छ। ‘प्रो-पञ्जा’ ले विजेताहरूलाई गिफ्ट ह्याम्पर प्रदान गर्नेछ। राज्यका प्रतिभागीहरूले राम्रो प्रदर्शन गरेको खण्डमा ‘प्रो-पञ्जा’ को मध्यमद्वारा देशका विभिन्न ठाउॅंहरूका साथै विदेशमा भाग लिने मौका पाउन सक्नेछन्। उनले यस प्रतियोगितामा इच्छुक सबैलाई भाग लिन आह्वान गरे।
बबिस् जिमका स्वामी सुभाष गुरूङले यसपाली पनि क्रसफिट इभेन्ट आयोजना गर्ने जानकारी गराए। यद्यपि, यसपाली केवल अनलाइन पञ्जीकरण गरिने र स्पटमा पञ्जीकरण नगर्ने उनले बताए। यसका लागि चॉंडै पञ्जीकरण शुरू गरिने छ। उनले पहिला लगभग ५२ प्रतिभागी सहभागी बनेको र यसपाली १०० भन्दा धेर प्रतिभागी सहभागी बन्ने बताए। यसै गरी, पुरस्कार राशि पनि ५० हजार (पुरूष/महिला) नगददेखि बढाउने निर्णय लिइएको उनले बताए।

About Author

Advertisement