भारतीय फुटबल दलका पूर्व कप्तान भाइचुङ भोटिया सिक्किम फर्किए

गान्तोक: भारतीय फुटबल दलका पूर्व कप्तान भाइचुङ भोटिया अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) को हालैमा सम्पन्न भएको चुनाउपछि आज सिक्किम फर्किआएका छन्। यस क्रममा आज भोटियालाई रम्फूमा भव्य स्वागत जनाइयो। भोटियाको समर्थनमा रम्फूमा पुगेका उनका समर्थकहरूले तिनलाई खादा लगाइदिएर स्वागत जनाए।
उल्लेखनीय छ, हालैमा सम्पन्न भएको एआईएफएफको चुनाउमा भाइचुङ भोटिया पराजित भए। उनका प्रतिद्वन्दी कल्याण चौबेले भोटियालाई ठूलो मतान्तरले पराजित गरे। अर्कोतिर, एआईएफएफको चुनाउलाई लिएर सिक्किममा ठूलो विवाद सिर्जना भयो।
एआईएफएफको चुनाउमा भोटियालाई सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले समर्थन गरेन। यस विषयलाई लिएर भाइचुङ भोटिया र विशेष गरि एसएफएका अध्यक्ष मेन्ला इथेन्पाबीच निकै आरोप-प्रत्यारोप चल्यो। राज्य सरकारले पनि भोटियाको उम्मेद्वारितालाई समर्थन जनाएको देखिएन।
रम्फूमा पत्रकारहरूसॅंग कुरा गर्दै भोटियाले परिणाम जे आएको भए तापनि हामी एकै छौ भन्ने सन्देश सिक्किमले देशलाई दिएको मनतव्य व्यक्त गरे। उनले धेरै यस्ता व्यक्तिहरूको रहेको बताए जसले हामीलाई प्रतिनिधित्व गर्ने प्रयास गरिरहेको बताए। उनीहरूले आफुहरूलाई पूर्वोत्तरका नेताको रूपमा प्रदर्शित गरेर केवल आफ्नो फाइदाका लागि काम गरिरहेको कुरा स्पष्ट भएको उनले बताए। उनले पूर्वोत्तर र सिक्किमका मानिसहरूले सही व्यक्तिलाई चयन गर्नु पर्ने समय आएको बताए।

About Author

Advertisement