वार्ड नम्बर १७ मा भाजपाको समर्थन सभा

IMG-20260707-WA0080

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १७ मा भारतीय जनता पार्टीको सांगठनिक सभा साथै समर्थन सभा सम्पन्न भएको छ। यसै सभामा वार्ड नम्बर १७ बाट ३५ घरले भारतीय जनता पार्टीमा समर्थन जनाएका छन्।‌ समर्थन गर्नेहरु सबैलाई भारतीय जनता पार्टी खरसाङ गिध्द पहाड मण्डलकी सभापति एवं पञ्चायत समिति सदस्या दिक्षा तामाङ, मण्डल महासचिव इसान गुरुङ, चेली मोर्चाकी सभापति दिपिका प्रधान प्रसाद, बुथ सभापति प्रमोद छेत्री र विक्की राई आदिको बाहुलीबाट प्रदान गरिएको छ। उल्लेखनीय छ भारतीय जनता पार्टीले हालमा विभिन्न वार्डहरुमा आफ्नो समर्थन जुटाईरहेका छन्।

About Author

Advertisement